डाबर नेपालद्वारा ईजी हेल्थकेयर फाउण्डेशनलाई रकम सहयोग

लोकपथ
35
Shares

काठमाडौं । डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रमलाई समर्थन गर्ने संस्था ईजी हेल्थकेयर फाउण्डेशनसंग सहकार्य गरेको छ ।

नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने कम्पनीको उदेश्य अनुरुप फाउण्डेशनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । सो रकम कम्पनी अध्यक्ष इश्वरी राणा र विजनेश हेड हरकिरत बेदी, फाउण्डेशनका हेड अनिल पुरी, निर्देशक रोहित रौनियार र संरक्षक उज्ज्वल विक्रम थापाको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिंदै स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने कम्पनीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?