काठमाडौं । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यका दुई गीत सार्वजनिक गरिएको छ । पदम लोहारको शब्द तथा अभिनय रहेका दुवै गीत शनिबार सार्वजनिक गरिएको हो ।
दुई गीतमध्ये ‘पागलपन’ सत्य–स्वरुप युट्युब च्यानलमा समेत सार्वजनिक भइसकेको छ । सत्य–स्वरुपकै सङ्गीत रहेको यो गीतमा सत्यराजसँगै अञ्जु पन्तको स्वर रहेको छ ।
पछिल्लो समय चलिरहेको शैली र बजारमा भाइरल हुनेभन्दा पनि सङ्गीतको मर्मलाई बुझेर गीत तयार गरिएको गायक सत्यराज आचार्य बताउँछन् । ‘बजारमा चल्नु र भाइरल हुनुभन्दा पनि सकेसम्म राम्रो सिर्जना दर्शकश्रोतालाई पस्किने हाम्रो जमर्को हो’, उनले भने, ‘शब्द र सङ्गीतको मर्मलाई बुझेर सिर्जना पस्किने कोसिस गरेका छौँ ।’ राम्रो अडियो तयार गरिसकेपछि आँखालाई पनि बिझाउनु हुँदैन भनेर भिडियोमा पनि उस्तै मिहिनेत गरेर तयार गरेको उनले बताए । यो गीत हेरेपछि दर्शकश्रोताले केही भिन्न र फरक महसुस गर्ने उनको विश्वास छ ।
सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना गर्नुका साथै श्रव्यदृश्यमा अभिनय पनि गरेका छन् । अभिनयमा उनको पहिलो प्रयास भए पनि हेर्दा कहीँ त्यसको आभास हुन दिएका छनैनन् । चलचित्रका गीतझैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।
अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीको स्वर रहेको छ । यो गीत भने केही प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले केही दिनपछि मात्र युट्युबमार्फत सार्वजनिक गरिने जानकारी गायक आचार्यले दिएका छन् ।
बिग मुभिजको हलमा सार्वजनिक गरिएको कार्यक्रममा करिब तीन सय जना कलाअनुरागीहरुको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया