वीरको निर्देशकबाट हटाइएका डा. पौडेललाई पुनर्बहाली गर्न भन्दै सर्वोच्चले दियो अन्तरिम आदेश

लोकपथ
168
Shares

काठमाडाैं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेललाई पुन पदबहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले अस्पतालका निर्देशक डा. पौडेललाई हटाएर मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

मंगलबार सर्वाेच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले पौडेललाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश दिएको हो ।

२ वर्षका लागि २०७९ फागुन ५ गते डा. पौडेल अस्पतालको निर्देशक नियुक्त भएका थिए । दलीय संलग्नता देखिएको भन्दै स्वास्थ्यमन्त्री बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई पदबाट हटाएका थिए ।

पौडेलले मंसिर १८ गते हालेको रिटको पहिलो सुनुवाइ मंसिर २८ गते भएको थियो । अदालतले कारण देखाउ आदेश दिएको थियो । दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

आज सर्वाेच्चले तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?