ईटहरीमा विभिन्न धनमाल चोरी

लोकपथ
35
Shares

सुनसरी । ईटहरीमा विभिन्न धनमाल चोरी भएको छ ।  ईटहरी उपमहानगरपालिका-१७ बस्ने रूद्र श्रेष्ठको महालक्ष्मी ज्वेलर्स पसलको सटरमा लगाएको ताला फोडी सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख ४० हजार समेत गरि करिब १५ लाख १ हजार १ सय रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?