भैंसेपाटीस्थित मन्त्री क्वाटरभित्रको टहरोमा आगलागी, क्षतिको विवरण आउन बाँकी

लोकपथ
35
Shares

काठमाडौं । भैंसेपाटीस्थित मन्त्री क्वाटरभित्र रहेको एक टहरोमा आगलागी भएको छ । मंगलबार बिहान ११ बजे उक्त टहरोमा आगलागी भएको प्रहरी प्रभाग भैंसेपाटीले जानकारी दिएको छ ।

यतिबेला दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइसकिएको जनाइएको छ ।

आगलागीबाट टहरोमा स्टोर गरिएको रङ, स्प्रिटलगायतका सामान जलेको छ । ठेकेरदारले हिजोमात्र उक्त रङ ल्याएको जानकारी आएको प्रहरीले जनाएको छ ।

आगो के कारणले लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ । साथै, क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?