शान्ति प्रयास’ अभ्यासमा २२ राष्ट्रका सेना सहभागी हुने

लोकपथ
42
Shares

काठमाडौं । नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा संचालन गर्ने भएको छ ।

शान्ति स्थापनार्थ सहभागि हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले आयोजना  हुने विभिन्न राष्ट्रका सेना सहभागी हुने सो अभ्यास फागुन ८ गतेबाट  सुरु हुने एक विज्ञप्तिमार्फत सेनाले जनाएको हो ।

अमेरिकाको ग्लोवल पीस अपरेसन इनिसियटीभको सहयोगमा संचालन हुने चौथो श्रखलाल फागुन २१ गतेसम्म सञ्चालन हुने छ ।

अभ्यासमा नेपालसहित अमेरिका, अस्टेलिया लगायत २२ देशका सेना सहभागी हुने सेनाले जनाएको छ ।

यसअघि सन् २००० मा नेपालमा पहिलो पटक शान्ति प्रयास सैन्य अभ्यास भएको थियो । सन् २०१३ मा भएको दोस्रो सैन्य अभ्यासमा २३ राष्ट्रका ८ सय ५० र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सेना सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?