मकवानपुर । ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका-१५ फारलाईनस्थित सडकबाट अवैध लागुऔषध ब्राउन सुगर करिब ३ ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने २७ वर्षीय बिबेक वाईबा र भिमफेदी गाउँपालिका-२ बस्ने २९ वर्षीय सुरज मगर रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया