छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको  छ । पाँचथरको  फिदिम नगरपालिका–४ गणेमान चोकमा मे।१च ६००८ नम्बरको पिकअपबाट लडेर पिकअपमा सवार हिलिहाङ गाउँपालिका–५ सुभाङ बस्ने ४८ वर्षीय प्रेम संग्रौलाको शनिबार दिउँसो मृत्यु भएको हो  ।
लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ त्यस्तै बर्दियाको  बासगढी नगरपालिका–९ लक्ष्मणा चोकमा भे।१ ख ३५५९ नम्बरको बसको ठक्करबाट साईकल यात्री गुलरीया नगरपालिका–१ खैरापुर बस्ने ७० वर्षीय हेलुवा थारूको शनिबार दिउँसो मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको  जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकमा प्र।२–०३–००१ ख ५०९२ नम्बरको टिपरले प्र।२–०३–००४ प ७९०२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ४० वर्षीया कृष्ण माया तामाङको मृत्यु भएको हो  । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा विरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको एलएस न्युरो परवानिपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको  वीरेन्द्रनगर नगरपालिका–१२ सुब्बाकुनामा भे।१ क ११२२ नम्बरको बसले भे।३ प ९७४० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट बस्ने २६ वर्षीय मनोज सुनारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नवलपरासीको पश्चिम, बर्दघाट नगरपालिका–१४ बेलानीस्थित सडकमा लु।५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक नवलपरासी पूर्व विनयत्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने ४८ वर्षीय सुरज कुमार कोहारको मृत्यु भएको हो  । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको आदर्शकोतबाल गाउँपालिका–३ हरनहिया चोकमा प्रदेश–२–०३–००१ त ४६०६ नम्बरको ट्रयाक्टरले बा।७६ प ८७०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक आदर्शकोतवाल गाउँपालिका–४ हरनहिया बस्ने ४५ वर्षीय राम एकवाल प्रसाद यादवको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको  एलएस न्यरो वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको हो  ।

चितवनको  माडी नगरपालिका–१ गर्दीमा बा।प्र।०३ ०४ प ८९१७  नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक माडी नगरपालिका–२ बस्ने ६० वर्षीय जीव लाल लुइटेलको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

सवै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?