काठमाडौं र पर्सामा विभिन्न धनमाल चोरी

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौं र पर्सामा विभिन्न धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–२६ म्हैपी डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–९ घर भएका विनोद लैदारीको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई ३ तोला बराबरको सुनको विभिन्न गहना र नगद ५० हजार रूपैयाँ गरी करिब ४ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको हो  ।

त्यस्तै पर्साको वीरगंज महानगरपालिका–३ स्थित डेरा गरी बस्ने सोही महानगरपालिका–६ घर भएका साकेत अंसारीको कोठाबाट नगद ८ लाख रूपैयाँ, करिब ४ लाख रूपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहना गरी करिब १२ लाख रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको  हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?