किशोरी बलात्कार अभियोगमा माओवादी नेता देवकोटासहित एक युवक पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । आफ्नै संरक्षणमा रहेकी किशोरी बलात्कार अभियोगमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरी बलात्कार आरोपमा ६५ वर्षीय देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको प्रहरीले जनाएको छ ।

विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको पीडित बालिकाले दिएको जाहेरीमा उल्लेख छ ।

पीडित किशोरी यौन अत्याचार सहन नसकेर देवकोटाको काठमाडौंस्थित घरबाट तिहारको समयमा निस्किएको प्रहरीले जनाएको छ।

देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् तर प्रहरीले ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।

नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ भने हाल दुवै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?