काठमाडौं । छुट्टाछुट्टै स्थानबाट दुईजना मृत अवस्थामा फेला परेका छन् । सुनसरीको देवानगंज गाउँपालिका–५ साहेबगंज सुडिटोल बस्ने ३० वर्षीय रविन साह सोही ठाउँस्थित मरिया खोलाको छेउमा शनिबार मृत अवस्थामा फेला परेका हो ।
त्यस्तै, बाजुराको बडिमालिका नगरपालिका–८ रतुडा बस्ने ५३ वर्षीय ताराचन्द्र ऐडी सोही ठाउँस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया