काठमाडौं । मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगररपालिका–१४ कलंकीबाट २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२–०४० प ६३८१ नम्बर तथा बा.प्र ०२–०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया