त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद

लोकपथ
56
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  ५५ किलो गाँजा बरामद भएको छ ।

१०८ वटा कार्टुनमा प्याक गरेर अमेरिकाबाट ल्याइएको उक्त गाँजा शुक्रबार राति भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने गोप्य सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको र सो क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरु चेक गर्दा गाँजा भेटिएको थियो ।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?