१४ किलो सुन प्रकरण : त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पाण्डे पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । १४ किलो सुन बरामद प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।

बुधबार राति भक्तपुरबाट सरसफाइ सुपरभाइजर सुशील पाण्डेलाई पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर पाण्डेलाई पक्राउ गरेको हो ।

गत मंसिर २१ गते राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।

उनी विमानबाट ओर्लिनासाथ पक्राउ परेका थिए । घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।

यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?