काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको दाबी गरेका छन् ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्यपहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताए ।
बिहीबार विहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताए ।
एमालेको संकल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पु-याएको दाबी गरे ।उनले मध्यपहाडमा आर्थिक विकास र संमृद्धिको ठूलो सम्भावना कायम रहेको बताए ।
‘मध्यपहाडमा पूर्वाधारको विकास र बसाईसराईंको प्रवृत्ति जसरी बढ्दो छ, यसलाई कसरी रोक्न सकिन्छ भनेर बुझ्न चाहेका थियौँ,’ पोखरेलले भने, ‘यति यात्रा गरिसकेपछि हामी मध्यपहाडी लोकमार्ग भविष्यमा नेपालको संमृद्धिको आधार बन्नसक्छ भन्ने निष्कर्षमा पुगेका छौं । मध्यपहाडमा अझैपनि सम्भावना टरिसकेको छैन ।’
उनले मध्यपहाडको जीवनस्तर उकास्न फलफुल खेतीलाई आधार बनाउन सकिने बताए । ‘मध्यपहाडमा जनताले सुन्तलाबाट स्वागत गरे, हिमालसँग जोडिएका जिल्लामा स्वाउले स्वागत गरे, पहाडी क्षेत्रको विकास र आर्थिक संमृद्धिकालागि फलफुल खेतीलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने आधारहरू देखिएको छ,’ उनले भने ।
महासचिव पोखरेलले यात्राका क्रममा जनताले स्थानीय परिकार, पहिचान र संस्कतिले स्वागत गरेको भन्दै त्यसको पहिचान र प्रचारकालागि समेत सहयोग पुगेको बताए ।
१३ मंसिरमा झुलाघाटबाट सुरू भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया