कास्कीमा १२ तोला सुनसहित नगद १८ हजार चोरी

लोकपथ
35
Shares

कास्की ।  कास्कीमा १२ तोला सुनसहित, नगद १८ हजार चोरी भएको छ ।पोखरा महानगरपालिका-८ बस्ने लक्ष्मण बरालको घरबाट नगद १८ हजार रूपैयाँ  र साढे १२ तोलाको सुनको विभिन्न गरगहना चोरी भएको हो ।

घरका परिवार आइतबार तनहुँ गई मंगलबार घर फर्किँदा मूल ढोकाको ताला फोडी चोरी भएको थाहा हुन आएको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?