काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्रीलाई आजै पत्र पठाउने निर्णय गरेको छ ।
आज बसेको समिति बैठकले उक्त निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।उनले भने, ‘सोमबार २५ गते ११ बजे प्रधानमन्त्रीसँग समन्वय गरेर प्रधानमन्त्रीसहित संवैधानिक परिषद्को काम, कर्तव्य अधिकारसम्बन्धी विधेयकमा छलफल प्रारम्भ गर्छौ र यसलाई निरन्तरता दिन्छौ । एनसेलको हकमा अहिले अरु समितिले हेरिरहेको हुनाले त्यहाँबाट रिपोर्ट र निर्णय आएपछि हामीले गर्नुपर्ने काममा अगाडि बढ्छौ ।’
एनसेलका सम्बन्धमा के कस्तो भएको हो र अहिलेको अवस्था के हो भन्नेबारे पनि प्रधानमन्त्रीलाई आजै पत्र पठाउने निर्णय भएको उनले जनाए एनसेलको बारेमा सबै जवाफ आउने हिसाबमा सबैको सल्लाहमा प्रधानमन्त्रीलाई पत्र पठाउने निर्णय भएको खतिवडाको भनाइ छ ।
यस्तै, उनले मंसिर २७ गते प्रधानसेनापतिलाई समितिमा बोलाएर फास्ट ट्रयाक सडबारे छलफल गर्ने पनि जानकारी दिए ।उनले भने, ‘मंसिर २७ गते बुधबार प्रधानसेनापतिसहित उपस्थित गराएर फास्ट ट्रयाकको बारेमा छलफल गर्ने कार्यक्रम छ । कति रकम खर्च भयो, कति काम भयो, कुन गतिमा काम हुँदैछ सबै कुराको जानकारी लिने कार्यक्रम छ ।’
एनसेलको सन्दर्भमा सरकारले गठन गरेको आयोगलाई निरन्तर रुपमा हेरेर कर र राजस्व छल्नेहरुलाई कसरी नेपालको पक्षमा ल्याउने भनेर प्रधानमन्त्रीसँग समन्वय गरेर छलफल गर्ने प्रतिबद्धता उनले जनाए । चिसोका कारण भूकम्प पीडितले धेरै समस्या भोग्नु परेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको पनि उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया