काठमाडौं । पर्सामा आफ्नै हजुरबुवाको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठोरी गाउँपालिका–२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई आइतबार दिउँसो प्रहरीले गरेको हो । कृष्ण लक्ष्मणको छोरीपट्टीको नाती हुन् ।
आफ्नै आँगनमा लठ्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लठ्ठी मागेको कारण कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकिछीपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
स सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया