छुट्टाछुट्टै स्थानमा आगलागीबाट धनमाल जलेर नष्ट

लोकपथ
42
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित अनिल आचार्य र रमेश भुषालको एआर टिम्वा सिरक कारखानामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा कपास फिट्ने मेसिन २ थान लगायत विभिन्न कपडाहरू जलेर ७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यसैगरी,ललितपुर महानगरपालिका–१४ नख्खुडोलस्थित काभ्रे बथानचोक गाउँपालिका–४ घर भएकी ३६ वर्षीया निर्मला तामाङको तरकारी पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–८ बचैला बस्ने ६५ वर्षीय लछिराम विष्टको घर नजिक राखेको परालमा शनिबार दिउँसो आगलागी भई नजिकै रहेको गोठ र दिपक बिकको घरमा समेत आगलागी हुँदा गोठ पूर्णरूपमा र घर आंशिकरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए ।

साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?