लिखित सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । लिखत सम्बन्धी कसूर मुद्धाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोक पनौति नगरपालिका–६ सुनथान घर भएका ६७ वर्षीय पुष्कर बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई हकभोगको लागि दिएको काभ्रेपलाञ्चोक साविक सुनथान गाविस–८ कि. नं. ७५ क्षेत्रफल ३६–०–२–० वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात किर्ते गरेको मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो  ।

काभ्रेपलान्चोक जिल्ला अदालत धुलिखेलबाट लिखत सम्बन्धी कसूर मुद्दामा म्याद थप भएको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?