काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ ‘प्रज्ज्वल’ पक्राउ परेका छन् ।
बुधवार मोरङको सुन्दरहरैचाबाट प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । तर, प्रहरीले यसबारे औपचारिक पुष्टि भने गरेको छैन ।
माओवादी जनयुद्धको क्रममा लडाकु रहेका प्रज्ज्वल शान्ति प्रक्रियापछि काठमाडौं आएका थिए । काठमाडौं आएका प्रज्ज्वल मिर्मिरे एफएमको समाचार शाखा प्रमुख समेत रहेका थिए ।
तर, पार्टी विभाजनपछि उनी मोहन वैद्य हुँदै विप्लव समूहमा लागेका थिए ।
सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयपछि विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेका हुन् । प्रहरीले पछिल्लो समय विप्लवका करिब ५ दर्जन नेता तथा कार्यकर्ता पक्राउ गरी सकेको छ ।
यसैबीच प्रहरीले मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’का साथै कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई समेत पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया