काठमाडौं । संघीय समाजवादी फोरम नेपालले तत्काल सरकारबाट नबाहिरिने स्पष्ट पारेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय फोरमबीच पार्टी एकीकरणको तयारी भइरहेको बेला फोरम अध्यक्ष उपेन्द्र यादवले राजपासँगको एकतापछि मात्र सरकारबाट बाहिरिने विषयमा निर्णय गर्ने बताए ।
उपप्रधानमन्त्रीसहित सरकारमा रहेका यादवले बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘दुवै दलले पार्टी एकताका लागि पहल गरिरहेका छौँ, केही नीतिगत र नेतृत्व व्यवीथापनका विषयमा कुरा मिल्न बाँकी छ, त्यसपछि मात्र एकताको प्रक्रियाले गति लिन्छ ।’
तर, राजपाले भने पार्टी एकताका लागि सरकारबाट बाहिरिनु पर्ने शर्त फोरम सामु अघि सारेको थियो ।
एकता नै नभई सरकारबाट बाहिरिने कुरा आउँदैन उनले भने, ‘एकतापछि पार्टीले निर्णय गरे मात्र सरकारको विषय टुंगो लाग्छ ।’
फोरम भने उपप्रधानसहित २ मन्त्रालय लिएर सरकारमा सहभागि भएको थिए भने राजपाले सरकारले आफुहरुको मागलाई गम्भिरतापूर्ण नलिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया