काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथिको प्रतिबन्ध खुलाउने मागसहित परेको रिटमा सरकारको निर्णय कार्यान्वयमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आज सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश जारी मात्र गरेको हो ।
सरकारले गत कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुस लगाएको भन्दै सर्वोच्चमा ११ वटा रिट परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया