काठमाडौं । सर्वोच्च अदालतमा रिक्त ६ जना न्यायाधीशको पदपूर्तीका लागि नाम सिफारिस भएको छ ।
आज बसेको न्याय परिषद्को बैठकले ६ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ४ जना विशेष अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको हो ।
जसमा उच्च अदालतका न्यायाधीशबाट टेकप्रसाद ढुंगाना, अब्दुल अजिद मुसलमान, सारंगा सुवेदी र महेश शर्मा पौडेल रहेका छन् भने कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।
त्यस्तै एक पद अझै रिक्त हुँदा नाम सिफारिस हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया