काठमाडौं । रुकुम पश्चिम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै भौतिक र मानवीय क्षती नभएको बताइएको छ ।
यसअघि जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा समेत धनजनको क्षती भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया