गोरखामा पहिलोपटक ३ जनालाई गैरआवासीय नागरिकता

लोकपथ
63
Shares

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाबाट पहिलोपटक ३ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

क्यानाडा सरकारको खाद्य तथा कृषि विभागमा कार्यरत माटो बैज्ञानिक गोरखा भीमसेन थापा गाउँपालिका वडा नं ६ अश्राङ्गका डा.भरतमान श्रेष्ठ, क्यानाडाकै प्रदेश सरकार अन्तर्गतका स्वास्थ्यका कर्मचारी उनकी पत्नी कल्पना श्रेष्ठ र छोरा किरण श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता पाएका हुन् ।

सन् २०१४ मा क्यानाडाको नागरिकता पाएका उनीहरुलाई गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गैरआवासीय नेपाली नागरिकता प्रदान गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?