सेल्सबेरीद्वारा ३०औं बर्ष पुरा, १० देखि ३० प्रतिशतसम्म छुट अफर

लोकपथ
35
Shares

काठमाडौं । सेवा सुरु गरेको ३०औं बर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ ।

यस अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो । यो अफर शनिबार र आइतबार लागू हुनेछ ।

खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ । संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ ।

साथै ५ हजार रुपैया“ भन्दा माथीको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?