काठमाडौं । राष्ट्रियसभा तेस्रो अधिवेश बैठक आज (शुक्रवार) बस्दैछ ।
संघीय संसद नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनितिसभाबाट सन्देशसहित प्राप्त ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
साथै आपूर्ति मन्त्री यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया