समृद्धीको नारा लगाएर प्रधानमन्त्री सर्वसत्तावादतर्फ उन्मुख : नेता पौडेल

घादिङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको बताएका छन् । 

धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले सबै अधिकार आफुमा केन्द्रीत गरेर सर्वसत्तावादी बन्न लागेको बताएका हुन् । 
उनले कांग्रेस भइन्जेल सर्वसत्तावादीको सपना नदेख्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् । 

‘प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको समृद्धि नारा लगाइरहनुभएको छ, तर मुलुक समृद्ध हुने काम एकवर्षमा केहि भएका छैनन्’ उनले भने, ‘ओली जी सबै अधिकार आफैमा केन्द्रीत गरेर सर्वसत्तावादी बन्ने अभियानमा हुनुहुन्छ, तर कांग्रेसको रहुन्जेल सर्वसत्तावादको सपना नदेखेहुन्छ ।’ 

कम्युनिष्ट र राजावादीहरुले मुलुकलाई अस्तव्यस्त बनाएरहेको आरोप लगाउँदै उनले भने, ‘अहिले सत्तामा भएका कम्युनिष्ट, हिंसामा उत्रिएका कम्युनिष्ट र सिके राउतहरु फेरि मुलुकलाई अस्तव्यस्त बनाउन लागेको छ, हिजो सत्तामा भएका राजा र सत्ता बाहिर रहेका कम्युनिष्टको अतिवादले मुलुकलाई अस्तव्यस्त बनायो, आज फेरि सत्तामा कम्युनिष्ट अतिवाद, अनि हिंसामा विप्लवको अतिवाद र मधेश–तराईमा सिके राउतको अतिवाद छ, यी अतिवादहरु कुनै न कुनै रुपमा एकै ठाँउमा भएर मुलुकलाई अस्तव्यस्त बनाउन लागि परेका छन् ।’ 

तीनै तहको निर्वाचनमा कम्युनिष्टहरुलाई मत दिएकोमा जनता पछुताउन लागेको उनले बताए ।  

पौडेलले हिंसा गरेर देशलाई अस्तव्यस्त बनाउने कम्युनिष्टहरुले अहिले आदर्शको कुरा गर्न नसुहाउने स्पष्ट समेत पारेका छन् । 

कम्युनिष्टहरुको दुई तिहाईको सरकारको एकवर्षको समय खेर गएको निष्कर्ष निकाल्दै नेता पौडेलले भने, ‘प्रधानमन्त्री जी कांग्रेसले शुरु गरेको विकासको अभियानलाई ठप्प पारेर समृद्धिको अभियान भने फलाकी रहनुभइएको छ, प्रतिपक्षले काम गर्न दिएन भन्दै हिड्नुभएको छ ।’

साथै प्रधानमन्त्री ओलीले प्रतिपक्षले काम गर्न दिएन भन्दै हिड्न लाज हिड्न लाज लाग्नु पर्ने बताएका छन् । 

उनले भने,‘असत्य प्रचार भयो भन्दै हुनुहुन्छ, के के भयो काम फेरिहस्त भने हुन्छ नि जनतालाई किन गुमराहमा राख्ने ? प्रतिपक्षले काम गर्न दिएन भने बोल्दै हिड्न प्रधानमन्त्रीलाई लाज हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?