काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ विरुद्ध परेको मुद्दाको पेशी तोकिएको छ ।
आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठसहितको संयुक्त इजसालमा उक्त मुद्दाको पेशी तोकिएको हो । प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेशी तोकिएको हो ।
संविधान दिवसका अवसरमा आममाफी पाएका रिगलको आममाफी त्रुटिपूर्ण रहेको भन्दै भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरि हत्या गरिएको अभियोगमा जेलमा रहेका रिगललाई राष्ट्रपतिले माफी दिएका दिए । उनको आममाफीविरुद्ध यतिबेला विभिन्न आन्दोलन र सरकारको समेत आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया