राप्रपाले आज विराटनगरमा वृहत्त सभा गर्दै

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (शुक्रवार) विराटनगरमा वृहत्त सभा गर्दैछ । 

शुक्रवार दिउँसो १ बजेपछि हुने सभालाई पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङदेनसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । 

गत बुधवार ताप्लेजुङबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रामा हिजो (बिहीवार) राप्रपाले झापाको बिर्तामोडमा शक्ति प्रदर्शन समेत गरेको थियो । 

धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै शुरु गरेको राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा फागुन ३० गते काठमाडौंमा सकिनेछ । 

राजसंस्थासहितको सबै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै शुरु राप्रपाको मेची महाकाली स्वाभिमान यात्रा शुरु गरेको हो । 

आफुहरुले उठाएका माग सम्बोधनका लागि राप्रपाले सरकार सामु २२ बुँदे माग अघि सारेको छ । राप्रपाले अभियानका क्रममा ३६ जिल्लामा १ सय भन्दा बढी स्थानमा सभाको आयोजना गर्ने जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?