बैंकमा साइबर आक्रमणबारे बोल्यो रेस्पोन्स टिम

काठमाडौं, ९ कात्तिक – विगत केहि दिनदेखि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा साइबर आक्रमण हुनुले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको भएको इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले जनाएको छ यस्तो प्रकारको आक्रमण हुनु कुनै नौलो विषय नभएपनि आगामी दिनहरुमा अझ बढि हुनसक्ने यस्ता प्रकारका साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने टीमले जनाएको छ बैकिङ्ग क्षेत्रमा भएको ह्याकको विषयमा सूचना प्रविधिको क्षेत्रमा सूरक्षा र जनचेतनाको कार्य गरिरहेको हुनाले आफ्ना ध्यानाकर्षण भएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको छ विज्ञप्तिमा भनिएको छ–सूचना प्रविधिले दैनिक क्रियाकलापलाई सहज बनाईरहेको समयमा यसमा गर्नुपर्ने पर्याप्त आवश्यक लगानी नगरिनु र त्यसको लागि आवश्यक जनशक्तिको विकासमा ध्यान नदिनु मुख्य कमजोरीको रुपमा रहेको छ । सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीलाई संस्थाको विकासको आधारको रुपमा लिनुपर्नेमा खर्चको रुपमा लिने गरिएको र पर्याप्त मात्रामा लगानी नहुँदा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले यस्तो जोखिमलाई झनै बढाएको छ भन्ने संस्थाको ठहर छ यस्ता घट्नालाई न्यूनिकरण गर्दै सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र मात्र नभई नेपालका हरेक सूचना प्रविधिसँग आबद्ध क्षेत्रलाई सुरक्षित पार्नुपर्ने आवश्यकता देखिएको विज्ञप्तिमा उल्लेख छट विज्ञप्तिमा भनिएको छ–सूचना प्रविधि सूरक्षाको लागि नियमितरुपमा गरिने ‘इन्र्फमेसन सेक्यूरिटी अडिट’ लाई नियमानुसार र निरन्तर गरिनुपर्दछ । यस्तो नियमित अडिटले प्रयोगमा रहेका उपकरणहरुको सुरक्षा सुनिश्चिता प्रदान गर्न सहयोग गर्दछ । यसको लागि नियमितरुपमा सम्बन्धित संस्थाहरुसँगको सहकार्यमा विज्ञहरुको नेतृत्वमा तालिम तथा क्षमता अभिवृद्धिको काम गरिनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?