काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर रेल वे बन्द हुने अवस्थामा पुग्दा समेत सरकारको ध्यान नगएको प्रति आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठमा शून्य समयमा सांसद झाले ईन्धन उपलब्ध गराउन नसकेर बन्द हुने अवस्थाका पुगेको बताए ।
उनले भने ‘ जनकपुर रेल वे ऐतिहासिक र त्यहाँका स्थानीयको दैनिकी र प्रत्यक्ष जीवनसंग जोडिएको साधन हो । त्यो बन्द हुन नपरोस बन्द नहोस ।त्यो एकदमै निन्दनीय लाजलाग्दो कुरा हुनेछ । ’
सांसद झाले सरकारले यो विषयलाई गम्भीर भएर हेर्न र यस्तो लाजमर्दो कार्य नहोस भनेर आफुले सरकारको ध्यानाकर्षण गराएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया