अग्नि सापकोटाको फेसबुक पेज ह्याक

लोकपथ
35
Shares

काठमाडौं । पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाको फेसबुक पेज ह्याकरको कब्जामा परेको छ ।

सापकोटा सभामुख हुँदा विभिन्न सामग्रीहरु प्रस्तुत गरिने आधिकारिक पेज ह्याक भएको हो ।

सापकोटाको सचिवालयले ‘निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय’ भन्ने पेज ह्यान्डल गरिरहेको छ । जहाँ उनका हरेक गतिविधिहरु प्रशारण हुँदै आइरहेको छ ।

तर केही दिन अघि उनको फेसबुुक पेज ह्याक गरी अस्लिल सामग्रीहरु प्रस्तुत भइरहेका छन् । त्यसबारे आफूूहरुले साइबर ब्यूूरोमा जानकारी गराएको सापकोटाका सचिवालयका एक सदस्यले जानकारी दिए ।
‘हामीले उक्त घटनाबारे साइबर ब्यूरोमा खबर गरेका छाैँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?