माधव नेपालले भने– ‘एमालेसँगको विद्रोहको औचित्य पुष्टि हुँदैछ’

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि हुुन थालेको बताएका छन् ।

आजबाट शुरु भएको पार्टीको छैटौँ बैठकमा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

त्यस्तै नेपालको राष्ट्रिय राजनीतिमा आफूूहरुले हैसियत कायम गर्न सकेको बताए । साथै राजनीतिमा पार्टीको स्थान बनाएको र भूमिका रहेको बताए ।

‘नेपालको राजनीतिमा हामीले आफ्नो हैसियत कायम राखेका छौँ । नेपालको राजनीतिमा हाम्रो पार्टीको विशेष स्थान छ । विशेष भूमिका छ । असम्भव ठानिएका कुराहरुलाई हामीले सम्भव बनाएका छौँ ।’ उनले भने ।

आगामी दिनमा पार्टीको औचित्य पुष्टि गर्नका लागि लाग्नुपर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?