वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउन सरकारले समिति गठन गर्यो: गोपालमान श्रेष्ठ

स्याङ्जा । नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् । 

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठका अनुसार सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताए ।

वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भने, “कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन ।” 

निर्वाचनमा काङ्ग्रेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने भन्दै उनले भने, “आफ्नैका कारण हार बेहोर्नुप¥यो ।” काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताए । 

महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने २० करोड बढीको आर्थिक कारोवार भएको सङ्घका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिए ।

माघ १७ गतेदेखि शुरु भएको महोत्सव माघ २८ गतेसम्मका लागि आयोजना गरिए पनि वर्षाका कारण दुई दिन स्थगन हँदै तीन दिन थप गरी शुक्रवार समापन गरिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?