निर्मला पन्त बलात्कारपछि हत्याको एक सय ९५ दिनः कहाँ पुग्यो अनुसन्धान ?

“बलात्कारपछि हत्या भएको ६ महिना भयो । बलात्कारको घटनामा प्रमाण भनेको शरीर र लुगा हुन्छ । किन नष्ट गरेको ? सरकारले निर्दोषलाई दोषी करार गर्न खोज्यो । हत्यारा बालुवाटार र सिंहदरबारकै कुर्सीमा त छैनन् ?”

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद डा. डिला संग्रौला कड्किन् । 

जवाफमा गृहमन्त्री राम बहादुर थापाले भने, ‘कुनै अपराधलाई प्रहरीले तुरुन्तै पत्ता लगाउन सक्दैन । यो प्रकरणले पनि समय लिएको छ ।’ उनले भने, ‘माननीयज्यूले आक्रोसित मुडमा अपराधी बालुवाटारमा छन् कि सिंहदरबारमा छन् भन्ने प्रश्न गर्नुभयो । अपराधी जहाँसुकै हुन्, कानुनको कठघरामा आउनेछन् ।’

थापा भन्छन्, ‘अनुसन्धान हुँदैछ, अपराधी पत्ता लाग्छ, ढुक्क हुनुहोस् ।’

सरकारको तर्फबाट गृहमन्त्रीले दिएको जवाफ यो पहिलो भने होइन । जती पटक गृहमन्त्रीलाई निर्मलासँग जोडिएर प्रश्नहरु सोधिएका छन् थापा भन्छन्, ‘अनुसन्धान हुँदैछ, अपराधी पत्ता लाग्छ, ढुक्क हुनुहोस् ।’

अपराधी पत्ता नलाग्ने निचोडमा पुगेका छन् नेपाली जनताहरु । 

सडक र सदनहरुमा निर्मलाको निम्ति न्याय भन्दै आवाजहरु उठ्यो,  सडक आन्दोलनहरु भयो, न्यायको लागि भन्दै निर्मलको आमाबुबा काठमाडौं आए, प्रतिबद्धता धेरै जनाइयो, निर्मला मेरोे पनि छोरी हो भन्ने आश्वासन पनि आयो, धर्ना/आरोप प्रत्यारोहरु पनि लगाए, डिएन परिक्षण भयो, प्रहरीलाई बर्खास्त पनि भए तर बलात्कारपछि हत्या भएको आज एक सय ९५ दिन भयो तर घटनासँग सम्बधित कुनै पनि पक्का प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । 

बम दिदी बहिनीको बयान, २४ दिनपछि मुख्य आरोपी भनेर सार्वजनिक गरीएका दिलिपसिंह विष्ट निर्दोष ठहर गरी रिहा, निर्मलाको आमाबुबालाई प्रधानमन्त्री गृहमन्त्रीको आश्वासन, हजारौं युवायुवतीहरु स्वस्फूर्त रुपमा निर्मलाको लागि न्याय माग्दै सडकमा उत्रिए ।

प्रधानमन्त्रीको राजीनामा पनि माग भयो ।

भिडले गृहमन्त्रीलाई पनि ‘टारगेट’ गरे । कि अपराधि पत्ता लगाउनुपर्यो कि त राजिनामा दिनुपर्यो । भिडको कुरा कसैले सुनेन । त्यो प्रयास पनि उपलब्धि शून्य नै रह्यो । 

जनताको आनदोलनबाट प्रहरीहरु निलम्बित त भए तर निर्मला बलात्कार पछिको हत्याले कुनै नयाँ मोड लिन सकेन । झन् रहस्यमय बन्दै गयो ।

जनताको आनदोलनबाट प्रहरीहरु निलम्बित त भए तर निर्मला बलात्कार पछिको हत्याले कुनै नयाँ मोड लिन सकेन । झन् रहस्यमय बन्दै गयो ।

कञ्चनपुरका डिएसपी मेघ बहादुर खत्रीका अनुसार, निर्मला बलात्कारपछि हत्याको अनुसन्धान जारी छ । उनी भन्छन्, “निर्मलाको हत्या पछिल्लो समय प्रहरीको उत्तरदायित्व र विश्वनियतासँग जोडिएको छ ।”

खत्री भन्छन्, ‘सुरक्षा निकायले निर्मला हत्या समधान गर्नु पर्ने नै भएको छ ।’ 

‘नागरिकहरुले पनि विभिन्न माध्यमहरुबाट निर्मलाको हत्यारा पत्ता लगाउ भनेर दवाव दिइरहेका छन् ।’ खत्री भन्छन्, ‘सुरक्षा निकायले निर्मला हत्या समधान गर्नु पर्ने नै भएको छ ।’ 

बाटोमा चेकिङको क्रममा पनि हेल्मेट नलगाउनेहरुलाई किन हेल्मेट नलगाएको भनेर प्रहरीले प्रश्न गर्दा नागरिकहरु प्रहरीलाई झम्टिउला झैँ मुद्रामा निमर्लाको हत्यारा पत्ता लगायौं र ? भनेर प्रतिप्रश्न गर्ने गरेका छन् । 

निर्मला पन्तको हत्यासँग जोडिएका शंकास्पद व्यक्तिहरुको डिएनए परिक्षण गरिएको उनले जानकारी दिए ।  

“वैदेशिक रोजगारीको क्रममा भारत र अन्य देश गएकाहरुलाई पनि बोलाएर डिएनए परिक्षण गरिएको छ । तर उनीहरु गोपनियता कायम राख्न उनीहरुकने नाम सार्वजनिक गरिएको छैन ।” 

नजिकै रहेको आर्मी ब्यारेकका केहीको पनि डिएनए परिक्षण गरिएको बताउँदै उनले भने, “वैदेशिक रोजगारीको क्रममा भारत र अन्य देश गएकाहरुलाई पनि बोलाएर डिएनए परिक्षण गरिएको छ । तर उनीहरु गोपनियता कायम राख्न उनीहरुकने नाम सार्वजनिक गरिएको छैन ।” 

निर्मला हत्याको अनुसन्धानमा सिआइबी, अपराध महाशाखा र प्रहरीको विशेष टोली खटिएको छ । 

निर्मला हत्यामा कुनै पनि निष्कर्षमा नआउदा सरकारमाथि आक्रोस र सुरक्षाको प्रश्नहरु थपिँदै गएको छ । ‘ठूल्ठूला आर्दश र सिद्धान्तका कुरा बाढेर मात्रै बलात्कार न्यूनिकरण गर्न सकिन्छ, भनेर सोच्नु मुर्खता हो ।’ नागरिकहरुको ठम्याई छ ।  

कडा नियम र कानून बनाएर मात्रै हुँदैन । कानूनको पूर्ण पालना हुनु पनि आवश्यक छ भन्नेहरुको मत बढेको छ  ।  

कडा नियम र कानून बनाएर मात्रै हुँदैन । कानूनको पूर्ण पालना हुनु पनि आवश्यक छ भन्नेहरुको मत बढेको छ  ।  

यौनजन्य हिंसा कम गर्न घरपरिवार, विद्यालय, स्थानीय तह, नागरिक समाज र राज्य स्तरबाट तत्कालै पहलकदमी लिन जरुरी देखिएको छ ।

हजारौं युवायुवतीहरुले सामाजिक सञ्जालबाट आफ्नो धारणाहरु व्यक्ति गरिरहेका छन् । कसैको आवाज चर्को सुनिएला, कसैको मधुरो तर न्यायको आशा भने प्रत्येक दिन भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?