१३ मङ्सिर २०८०, बुधबार

केपी ओलीलाई हराउन कांग्रेसले बनाउँदैछ यस्तो रणनीति, अब विश्वप्रकाश शर्मा मैदानमा

२०७४,कार्तिक,८,बुधबार ११:०५

0
Shares

काठमाडौं । बाम गठबन्धनका प्रवद्र्वक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लान झापामा नेपाली कांग्रेसको पनि राम्रै पकड छ । २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेले लगभग बराबरी मत ल्याएका थिए ।अहिले बाम गठबन्धन बनेसँगै झापामा एमाले केही बलियो देखिएको छ भने ओलीले चुाव लड्ने क्षेत्र नम्वर ५ मा एमालेको राम्रै पकड छ । उक्त क्षेत्रमा  नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री केशव बुढाथोकी र रामकुमारी पौडेलको नाम सिफारिस गरेको छ । तर, यी दुबै नेता उम्मेदवार बन्न अनिच्छुक देखिएका छन् ।उनीहरुले ओलीको प्रभाव क्षेत्रमा उम्मेदवार बन्न नचाहेपनि कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले आफु उक्त क्षेत्रमा उम्मेदवार बन्न सधैं तयार रहेको बताएपछि कांग्रेसको संसदीय बोर्डले सोहै अनुसारको निर्णय गर्ने तयारी गरेको छ । बुधबार बिहान बसेको कांग्रेस संसदीय बोर्ड बैठकमा यस बारेमा छलफल समेत भएको एक नेताले बताए ।उनका अनुसार शर्मासँग छलफल पछि उम्मेदवारी टुंगो लगाइने छ । शर्मा यस अघि दोस्रो संविधानसभा निर्वाचनमा झापा एकमा झिनो मत अन्तरले पराजित भएका थिए ।एमालेका रविन कोइरालासँग उनी पराजित भएका थिए । कांग्रेसका युवा नेता शर्मा राष्ट्रिय राजनीीतमा समेत परिचित नाम हो । उनले क्षेत्र नम्वर एकबाटै उम्मेदवारी बन्ने चाहना राखेपनि पार्टीको निर्णय मान्दै पाँचबाट उम्मेदवार बन्न आफु तयार रहेको जानकारी नेतृत्वलाई दिइसकेको कांग्रेस निकट स्रोतको भनाई छ ।कांग्रेसले झापा ५ मा शर्मालाई उम्मेदवार बनाए ओली देशव्यापी प्रचारमा हिड्न नसक्ने र ओली झापामा मात्रै केन्द्रीत भए अन्यत्र लाभ लिन सकिने निश्कर्षमा पुगेको बताइन्छ ।शर्मा प्रभावशाली युवा नेता भएका कारण ओलीलाई कडा टक्कर दिन पनि सक्ने र ओली झापामा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रीत हुनुपर्ने अवस्थामा बाम गठबन्धनको देशव्यापी प्रचार अभियानमा ओलीको उपस्थिति कमजोर बन्ने भएकाले यो रणनीति अपनाउन लागिएको कांग्रेसका एक नेताले बताए ।स्थानीय निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्वर पाँच अन्तरगत दमक नगरपालिकामा एमाले विजयी भएको थियो भने कमल गाउँपालिकाकामा कांग्रेससँग मत बराबरपछिको गोलाप्रथाबाट एमाले विजयी भएको थियो ।यस्तै १ देखि ८ नम्बर वडा पर्ने गौरादह नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो भने गौरीगञ्ज गाउँपालिका प्रमुख राप्रपाले जितेको छ । तर, राष्ट्रिय नेता भएका कारण ओलीको व्यक्तिगत प्रभाव उक्त क्षेत्रमा राम्रो छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८