छाला रोगबाट पिडित हुनुहुन्छ ? अपनाउनुहोस् यस्तो उपाय

सिर्जना मिश्र

काठमाडौं । हरेक मानिसलाई छालासम्बन्धी रोगबाट पिडित छन् । बढ्दो धुवाधुलोको प्रदुषण, अस्वस्थकर तथा अनियमित खानपान र फोहोर पानीका कारण मानिसहरु छालासम्बन्धी रोग लाग्छ ।

अहिले छाला रोगको विरामीको संख्यामा वृद्धि भएको चिकित्सकहरु बताउँछन् । छालाले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । छालामा पनि विभिन्न समस्या आउँछन् । सुक्खापन आउने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या मात्र होइन हाम्रो शरीरको भित्री भागमा हुने कुनै पनि रोगको लक्षण छालामा देखिने गर्छ । 

छालामा आउने सामान्य प्रकारको समस्या भनेको ‘दाद’ हो । यो रोगलाई धेरैले सामान्य रुपमा लिने गरेको भएपनि छालामा हुने समस्यालाई हेलचेक्राई गरियो भने  यसले हाम्रो शरीरमा जटिल समस्या उत्पन्न गराउन सक्छ । 

फन्गल इन्फेक्सन 

औँलाको बिच भाग, काखी, टाउँको, महिलाको स्तन मुनि वा अप्ठ्यारो अंगमा फन्गल इन्फेसन आउने गर्छ । यो इन्फेक्सको बेलैमा उपचार नगरे  जटिल समस्या उत्पन्न हुन सक्छ । 

नर्मल एग्जिमा 

छाला चिलाउने र फोका उठ्ने दाद नर्मल एग्जिम भित्र पर्छ । यसलाई तीन उपभागमा बडिएको छ । एप्टिट्युड, दादको पहिलो चरण हो । एप्टिट्युड हुदाँ छाला चिलाउने र फुस्रो देखिने आदि हुन सक्छ । त्यस्तै सब एप्टिट्युडमा आएको ठाउँमा पाप्रा बस्ने, फोका उठ्ने हुन्छ । त्यसैगरी क्रोनिकमा आइपुग्दा दाग बस्ने कत्ला निस्कने र घाउमा संक्रमण हुने हुन्छ ।
छालासम्बन्धी रोग कसरी सर्छ ?

दाद विभिन कारणको सम्पर्कबाट सर्छ । मानिसको जिनमा हुने समस्या तथा एलर्जीक अवस्थाका कारण छालामा यस्तो समस्या देखा पर्छ ती एपोटिक डर्माटाइटिस, स्कोरिक, न्युमुसलर र स्टासिस एग्जिमा हुन् । 

बाहिरी बातावरण रहेको बिभिन्न पदार्थ जस्ता बिभिन्न पदार्थ जस्तै केहि धातुु, कपालमा लगाउने रङ, सिमेन्ट, फुलमा हुने रसायन आदिको सम्पर्कमा आउँदा दादको समस्या देखिन्छ । 
तनावका कारण पनि दाद आउने गर्छ । अत्याधिक तनावले जिनमा प्रभाव पार्नुका साथै छालामा  अनावश्यक फोका  आउने हुन्छ । 

दाद सबै उमेर समुहका  मनिसमा देखा पर्छ । विशेषगरी दुई वर्षमुनिका बच्चा यसबाट बढी पिडित हुन्छन् । बच्चाको छाला अति संवेदनशिल हुने हुदाँ बाहिरी पदार्थको सम्र्पकमा आउँदा दाद आउने गर्छ । 

विशेषगरि दादलाई छुदाँ, कन्याउदाँ एक ठाउँबाट अर्को ठाउँमा फैलने गर्छ । त्यस्तै एक अर्काले प्रयोग गरेको कपडा, सावुन, फोन, रिमोट सामानबाट दाद सर्ने सम्भावना रहन्छ । 

दादबाट बच्ने तरिका 

दादले छालामा असर पार्ने हुदाँ यस्ता पदार्थबाट टाढा रहन आवश्यक छ । त्यस्तै सरसफाईमा बिशेष ध्यान दिने, तेल र मोस्चराइजरको प्रयोग गरी छाला सधैँ नरम राख्ने गर्नु पर्छ । 

बन्द कोठामा बस्दा समेत दादको समस्या देखिने भएकाले कोठा खुला राख्नुपर्दछ । त्यस्तै  कडा  साबुन  र मर्करीयुक्त बस्तुको प्रयोग गर्नु हुदैँन  बच्चालाई प्राकृतिक वातावरणमा मात्र खेल्न दिने गर्दा दादको जोखिमबाट बच्न सकिन्छ ।  

छालामा एलर्जी हुनबाट बच्न सके सम्म सुतीको कपडा प्रयोग गर्नु उचित हुन्छ । उलन, कार्पेटजस्ता वस्तु छालाको सीधै सम्र्पकमा आउने गरी प्रयोग गर्नु हुदैँन । 

दादका कारण छालामा घाउ भई संक्रमणको उच्च जोखिम हुने भएकाले यसको छिटो उपचार गर्न आवश्यक हुन्छ । 

दाद फैलन नदिन चिकित्सकको सल्लाहमा छाला नचिलाउने औषधिको प्रयोग गर्न सकिन्छ ।  एन्टिस्टामिन, एन्टिएलर्जिक मलम, लोसन, क्रिम जस्ता औषधि अवस्था हेरी लगाउन सकिन्छ । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?