योगासनले नै पाउन सकिन्छ ग्यास र एसिडिटीबाट छुटकारा

लोकपथ
416
Shares

काठमाडौं । ग्यास र एसिडिटीको समस्या आज भोली सामान्य बन्दै गएको छ । यद्यपि कहिलेकाहीँ यही समस्याले गम्भीर रुप लिन सक्छ।

असन्तुलित जीवनशैली र खानपानका कारण पेटसम्बन्धी समस्या आउन सक्छ । एसिडिटी वा ग्यासको समस्याबाट छुटकारा पाउन धेरै मानिसहरु औषधिको सहारा लिने गर्छन् । तर, पेटसम्बन्धी रोगको उपचारमा लामो समयसम्म औषधि प्रयोग गर्नु भने हुँदैन ।

मसलादार खानेकुरा र मीठो खानेकुराको अत्यधिक सेवनले पेटमा ग्यास र एसिडिटी बढाउछ । धुम्रपान, चिया र कफीले पनि यो समस्या बढाउँछ।

तपाइहरुले केही सरल योगासनलाई आफ्नो दिनचर्याको हिस्सा बनाएर यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ। पेटसँग सम्बन्धित रोगहरू जस्तै अपच हुने, ग्यास वा एसिडिटीलाई ध्यान र योगद्वारा उपचार गर्न सकिन्छ। योगले पाचन प्रणालीलाई स्वस्थ राख्छ र एसिडिटी र ग्यास कम गर्छ ।

ग्यास वा एसिडिटीलाई रोक्न अपनाउनुहोस् यी योगासन :

वज्रासन योग : 

वज्रासन खाना पचाउन र ग्यास र एसिडिटीको सम्भावना कम गर्न प्रभावकारी हुन्छ। वज्रासन योगले पाचन सम्बन्धी समस्याहरू हटाउन मद्दत गर्छ। कब्जियत, एसिडिटी, पायल्स, आन्द्राको ग्यास आदि निको पार्न वज्रासन योग गर्न सकिन्छ । वज्रासन गर्न घुँडा टेकेर दुवै खुट्टाका औंलाहरू एकसाथ पछाडी राख्नुहोस् र आफ्नो आँखा बन्द गर्नुहोस् । सास फेर्नुहोस् र कम्तिमा १० मिनेट बस्नुहोस्।

एसिडिटी कम गर्न योग आसन, ग्यास्ट्रिक समस्याबाट छुटकारा पाउन व्यायाम गर्नुहोस्

यो तस्बिरमा देखाइएको वज्रासन योग हो । यसरी तपाइले वज्रासन योग गर्न सक्नुहुन्छ ।

बालासन : 

एसिडिटीको समस्याबाट छुटकारा पाउन बालासन पनि गर्न सकिन्छ । यस आसनबाट पेटको भित्री अंगलाई राम्रोसँग मालिस मिल्छ ।

यो योग गर्न मेरुदण्ड सीधा राखेर वज्रासनको आसनमा बस्नुहोस्। सास फेर्दा दुवै हात माथि उठाउनुहोस्। श्वास बाहिर निकाल्दा दुवै हात सीधा राखेर निधारलाई भुइँमा राख्नुहोस्। यसपछि कम्मरको माथिल्लो भागलाई अगाडि झुकाउनुहोस् र ३० सेकेन्डसम्म यस आसनमा रहनुहोस्। त्यसपछि वज्रासन मुद्रामा फर्कनुहोस्।

एसिडिटी कम गर्न योग आसन, ग्यास्ट्रिक समस्याबाट छुटकारा पाउन व्यायाम गर्नुहोस्

यो तस्बिर हेर्नुहोस् तस्बीरमा देखाइएको जस्तै गरी तपाइले बालासन गर्न सक्नुहुन्छ ।

हलासन :

हलासनको अभ्यासले एसिडिटी र ग्यासको समस्याबाट छुटकारा पाउन सकिन्छ । हलासनले कब्जियत, अपच र अन्य पाचन समस्याहरूमा प्रभावकारी हुन्छ।

यो आसन गर्नको लागि आफ्नो पिठ्युँमा सुत्नुहोस् र आफ्नो हत्केलालाई भुइँतिर राख्नुहोस्। सास लिँदा, आफ्नो खुट्टा माथि उठाउनुहोस् र ९० डिग्रीको कोण बनाउनुहोस्। बिस्तारै सास फेर्दा खुट्टाको औंलालाई भुइँमा छुन प्रयास गर्नुहोस्। कम्मरबाट हातहरू हटाउनुहोस् र तिनीहरूलाई सीधा भुइँमा राख्नुहोस्।

एसिडिटी कम गर्न योग आसन, ग्यास्ट्रिक समस्याबाट छुटकारा पाउन व्यायाम गर्नुहोस्

यो तस्बिर हेर्नुहोस् तस्बीरमा देखाइएको जस्तै गरी तपाइले हलासन गर्न सक्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?