प्रधानमन्त्री ओली सिरहामा

सिरहा । प्रधानन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज सिरहा आउने भएका छन् । 

तत्कालीन नेकपा एमालेका नेता हेमनारायण यादवको १२ औं स्मृति सभालाई सम्बोधन गर्न ओली सिरहा आउन लागेका हुन् । 

सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा हुन लागेको स्मृति सभास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

सम्वोधनसँगै ओलीले आजै जिल्ला पार्टी कार्यालय र चन्द्रमाविको छात्राबास भवन शिल्यान्यास गर्ने कार्यक्रम समेत रहेको आयोजकले बताएको छ । 

नेता हेमनारायण यादवको २०६३ माघ १९ गते पार्टीको वैठकमा सिरहा घरबाट धनगढी जानेक्रममा गागनखोलाबाट अपहरणगरी हत्या गरिएको थियो । नेता यादवको हत्या तत्कालीन शाही सेनाले हत्या गरेको भनिएपनि त्यसको आधिकारिकता अझै पुष्टि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?