प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ ।  

बिहीवार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको हो । 

बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रहरी विधेयक प्रस्तुत हुँदैछ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सो विधेयक टेवल गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । 

गत पुष ३० गते प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको सो विधेयक आजको बैठकको कार्यसूची रहेको छ ।

प्रहरीको संगठनलाई संघीय संरचना अनुसारको बनाउन सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक प्रतिनिधिसभाको आजको बैठकमा टेबल गर्ने भएको हो । 

यसैगरी केन्द्रले प्रहरी ऐन नबनाउदा नै प्रदेश २ ले प्रदेश प्रहरी ऐन बनाउन लागेपछि केही समय अघि केन्द्र सरकारले रोकेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?