कांग्रेसद्वारा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा पुगेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन दर्ता गरेको छ । 

बिहीवार कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयक संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ । सांसद अधिकारीले विधेयकमा दुईवटा संशोधन दर्ता भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फ्ँयालले जानकारी दिए । 

यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद वृषेशचन्दै्र लालले बुधवार संसद सचिवालयमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन दर्ता गराएका छन् । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ ।

बिहीवार दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजममणि पोखरेलले विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

उता १५ अनसनका क्रममा सरकारले गरेको सम्झौता विपरीत विधेयक ल्याइएको भन्दै डा. गोविन्द केसी २३ दिनदेखि अनसनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?