सरकारविरुद्ध सडकमा नेविसंघ, सात विद्यार्थी नेता पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार विरोधीको  अभियान शुरु गरेको छ ।

आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको हुन् ।

सरकारको बिरोध गर्दै आएको बिपक्षी दलका भातृ सगंठन नेविसंघ नेता कार्यकर्तालाई बालाजु प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थी नेताहरु पवन थापा,सन्तोष गुरुङ,किरण भट्टराई,सुशान्त सिटौला,परोपकार अधिकारी,सुवास अधिकारी,सन्ताष अधिकारी प्रकाउ परेका हुन् । 

ग्रामिण एन आर कलेज अगाडिबाट विरोध गर्न शुरु गर्ने बित्तिकै प्रहरीले प्रकाउ गरेका हुन् । सरकारको विरोध गर्दै 'डा केसीको जीवन रक्षा गर','निर्मलालाई न्याय दे' जस्ता नारा लगाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?