विरोध खेप्दै पास भयो राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, अब के गर्छन् डा. केसी ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ । 

शुक्रवार दिउँसो साढे दुई घण्टा ढिला गरी शुरु भएको बैठकले चिकित्सा शिक्षा विधेयक पास गरेको हो । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री

पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याए लगतै विधेयकमाथि छलफल गर्न समय दिइएको थियो । तर, कसैले पनि भाग नलिएपछि शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भएको हो । यो सँगै १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग अन्योलमा परेको छ । 

पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याए लगतै विधेयकमाथि छलफल गर्न समय दिइएको थियो । तर, कसैले पनि भाग नलिएपछि शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भएको हो । यो सँगै १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग अन्योलमा परेको छ । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गत पुस २५ गते इलामबाट अनसन शुरु गरेका डा। केसीले चिकित्सा शिक्षा ऐनको रुपमा ल्याइएको नयाँ अध्यादेश पारित गर्न सरकारसँग माग गरेका थियो । 

१७ औँ दिनदेखि अनसनमा बसेका डा। केसीका माग सम्बोधन गर्न र उनका अनसन तोडाउनका लागि सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन । 

 डा. केसीको स्वास्थ्यमा समस्या आएपछि माघ ४ गते नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

गत पुस २५ गते संसदको शिक्षा तथा स्वास्थय समितिको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेको थियो । 

विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको थिए ।

के छ ? डा. केसीको माग 

गत साउन १० गते १५ औँ अनसनका क्रममा सरकार र डा। केसीबीच भएको सहमति विपरित आज संसदमा चिकित्सा शिक्षा पास भएको हो । 

डा। केसीले सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना शुरु नभएको लगायतका मागमा सरकार समक्ष राखेका थिए । 

साथै कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने माग समेत डा। केसीले अघि सारेका थिए ।

गत साउन १० गते सरकार र डा. केसीबीच भएको सहमति आनुसार बहुमतका आधारमा पास भएको प्रतिवेदनमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । साथै आशयपत्र लिई पूर्वाधार पुरा गरेको शिक्षण संस्थालाई सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेकमो क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइएको छ । 

गत साउन १० गते सरकार र डा. केसीबीच भएको सहमति आनुसार बहुमतका आधारमा पास भएको प्रतिवेदनमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । साथै आशयपत्र लिई पूर्वाधार पुरा गरेको शिक्षण संस्थालाई सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेकमो क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइएको छ ।  त्यस्तै प्रतिवेदनमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भनिएको छ । तर, सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू हुने नहुने भएको छ । उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ । यो प्रतिवेदन डा। केसी र सरकारबीच भएको सम्झौता विपरित भएको हो । 

त्यस्तै प्रतिवेदनमा एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भनिएको छ । तर, सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू हुने नहुने भएको छ । उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख छ । यो प्रतिवेदन डा। केसी र सरकारबीच भएको सम्झौता विपरित भएको हो । 

यो प्रतिवेदनअनुसार विधेयक संसदले पास गरेमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले नै उपत्यका बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिन सक्नेछन् । प्रतिवेदनमा सरकारले एउटा चिकित्सा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उल्लेख छ । सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा ऐन प्रारम्भ भएको ५ वर्ष्भित्र सरकारले मेडिकल कलेज सञ्चालन गर्नुपर्ने पनि भनिएको छ ।

यो प्रतिवेदनअनुसार विधेयक संसदले पास गरेमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले नै उपत्यका बाहिरका मेडिकल कलेजलाई सम्बन्धन दिन सक्नेछन् । प्रतिवेदनमा सरकारले एउटा चिकित्सा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उल्लेख छ । सार्वजनिक मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेशमा ऐन प्रारम्भ भएको ५ वर्ष्भित्र सरकारले मेडिकल कलेज सञ्चालन गर्नुपर्ने पनि भनिएको छ ।

साथै ऐन लागू भएको १० वर्षभित्र मेडिकल कलेजहरु ऐन नाफामुलक र सेवामुलक संस्थामा रुपान्तरण गर्ने उल्लेख छ । सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिएर स्वामित्व ग्रहण गर्न सक्नेछ ।

डा. केसीको समर्थनमा कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक र डा। केसीको जीवन रक्षाको माग गर्दै आन्दोलन गरिरहेको छ । 

कांग्रेसले सदन र सडकमा केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलन गरिरहेका छन् । कांग्रेसको अवरोधका कारण गत सोमबार र मंगलबार बैठक स्थगित भएको थियो । 

यता नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेसहित केहि कार्यकर्ता पक्राउ परेका छन् । संसदबाट विधेयक पारितपछि संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

कांग्रेस सांसदहरुको अवरोधकै बीच चिकित्सा शिक्षा विधेयक पास भएको हो । 

संसदमा चिकित्सा शिक्षा विधेयक पास भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

उनले शुक्रबारको संसद बैठकपछि प्रतिकृया दिदै सभापति देउवाले सभामुख कृष्णबहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादा समेत भुलेको आरोप समेत लगाएका छन् । 

यो सँगै कांग्रेसले सडक र सदनबाट आन्दोलन थाल्ने घोषणा गरेको छ । 

डा. केसीको समर्थनमा प्रदर्शन 

१७ औँ दिनदेखि अनसनरत डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघलगायत विधिन्न संघसंस्थाका साथै विद्यार्थीहरुले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन  गर्दै आइरहेका छन् । 
केसी पक्ष र सरकारबीच भएको सम्झौता अनुसार पास गर्न भन्दै आन्दोलन हुँदै आएको हो । 

संघले केसीको समर्थनमा अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दै आन्दोलका कार्यक्रम समेत भयो । 

त्यस्तै आजै डा। केसीको समर्थनमा विवेकशील नेपाली दलले नयाँ वानेश्वरस्थित संघीय संसदमा प्रदर्शन गरे । प्रदर्शनकै क्रममा विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लियो । 

यसैगरी डा. केसीको पक्षमा कैलालीका विद्यार्थी खेम बहादुर मगरले अनसन बस्ने तयारी गरेका थिए । उनी अनसन बस्नै भनेर १० दिन पहिला नै काठमाडौं आएको बताउँछन् । 

अब के गर्छन् डा. केसी

१७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ । यो सँगै डा.केसीको मागका सम्बन्धमा अब के हुन्छ ? भन्ने सबैको चासोको विषय बनेको छ । 

१७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ । यो सँगै डा.केसीको मागका सम्बन्धमा अब के हुन्छ ? भन्ने सबैको चासोको विषय बनेको छ । 

सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रक्रिया अघि नबढेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना शुरु नभएको लगायतका मागका साथै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने माग समेत डा। केसीले अघि सारेका थिए ।

१५ औँ अनसनका क्रममा सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा पारित भएपछि गत पुस २५ गते इलामबाट अनसन शुरु गरेका डा। केसी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?