डा. केसीको समर्थमा प्रहरी हस्तक्षेप, विवेकशीलका उज्वल थापासहित २५ नियन्त्रणमा

काठमाडौं । डा. गोविन्द केसीको समर्थन गर्दा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा सहित २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार बिहान नयाँ वानेश्वरमा संसद भवन अगाडी प्रदर्शन गरेको उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर नेपाल पुलिस क्लबमा राखेको छ । 

गिरफ्तारी पर्नेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की, अजिता राई, डा. दिनेश प्रसाईं, अम्बिका कार्की, सूजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी,लगायतका नेताहरु छन् । 

गत पुस २५ गतेदेखि अनसनरत डा. केसीको माग पूरा गर्न माग गर्दै उनीहरुले सरकार विरुद्ध प्रदर्शन गरेका थिए । 

डा. केसीको आज १७ औँ अनसन हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?