सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौला सिफारिस

काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा न्याय परिषद्का सचिव नृपध्वज निरौलाको नाम सिफारिस गरेको छ । 

राजन भट्टराईलाई उच्च अदालतको न्यायधिश बनाएपछि मुख्य रजिस्ट्रार पद रिक्त भएको हो ।

उक्त पद रिक्त भएपछि निरौलाको नाम सिफारिस भएको हो । उनी वरियताक्रमले न्याय प्रशासनका सेवाका वरिष्ठ अधिकारी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?