नवनियुक्त चिनियाँ राजदुत यान्छीले भेटिन् सभामुख महरालाई

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होऊ यान्छीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छिन् ।

नवनियुक्त चिनियाँ राजदुत यान्छीले सोमबार बिहान सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा नेपालको संघीय संसद र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो । त्यसैगरी नवनियुक्त चिनियाँ राजदुत यानछीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि सोमबार नै शिष्टाचार भेट गरेका थिए ।

सभामुख महरासँगको भेट लगत्तै उहाँले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि शिष्टाचार भेटवार्ता गरेका हुन् ।  भेटमा द्धिपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो ।

नवनियुक्त चिनियाँ राजदूत यान्छी गत शनिबार राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन् ।  काठमाडौं आएलगत्तै उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्म ओलीसँग शिष्टाचार भेट गरेकी थिइन् । 

नवनियुक्त राजुदत यान्छी नेपालको राजनीतिलाई नजिकबाट नियाल्नु भएकी कूटनीतिज्ञ मानिन्छ ।

जलविद्युत क्षेत्रको समेत विशेषज्ञता हासिल गर्नु भएकी उहाँले यस अघिनै नेपालको राजनीतिक नेतृत्वसँग सुमधुर सम्बन्ध कायम राख्नु भएको बताइएको छ । उर्दु भाषाका विज्ञ समेत रहनु भएकी यानछीलाई बेइजिङकी पाकिस्तान विशेषज्ञका रुपमा पनि लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?