प्रदेश २ का सचिव झालाई कुटपीट गरेको घटनामाथि छानबिन शुरु

काठमाडौं । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटनाको विषयमा छानबिन शुरु गरिएको छ । 

आइतवार आर्थिक मालिम तथा योजना मन्त्री विजकुमार यादवले आफ्नै कार्यकक्षमा वन वतावरण पर्यटन तथा उद्योग मन्त्रालयका सचिवलाई झापड हानेका  थिए । आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले आफूलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाले बताएका थिए ।

घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन शुरु गरेको हो । सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने काम शुरु गर्ने टोलीका सदस्य समेत रहनु भएका प्रदेश २ का मुख्य सचिवालयले जानकारी दिएको छ ।

घटनाको छानबिन गरी सातदिन भित्र प्रतिवेदन तयार गरेर बुझाइउने मुख्य सचिवालयले दाबी गरेको छ । तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्य सचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हरी फँयाल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?