तातोपानी नाका दुईतर्फी सञ्चालनमा

लोकपथ
156
Shares

सिन्धुपालचोक । तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात शुरु भएको हो ।

आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य शुुरु भएको छ ।

सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुनः शुुरु भएको र छिट्टै मानव आवतजावत पनि शुुरु हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?